
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले एमबीएस (Master of Business Studies) र एमपीए (Master of Public Administration) कार्यक्रमका लागि प्रवेश परीक्षा २०८२ पुस १२ गते हुने जनाएको छ ।
स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि सेमेस्टर प्रणालीमा आधारित यी कार्यक्रमको प्रवेश आवेदन कार्तिक २५ गतेदेखि पुस ९ गतेसम्म भर्न सकिनेछ ।
परीक्षा दिउँसो ५ बजे सञ्चालन हुनेछ । परीक्षामा Verbal Ability, Quantitative Ability, Business and Economics तथा General Awareness विषयसम्बन्धी बहुविकल्पीय प्रश्न रहनेछन् ।
अन्तर्राष्ट्रियस्तरमा अध्ययनका अवसर विस्तार गर्न तयार गरिएको यो प्रवेश प्रणालीसम्बन्धी विस्तृत जानकारी व्यवस्थापन संकायको वेबसाइट www.fomecd.edu.np र www.tudoms.org मा प्रकाशित गरिएको छ ।












