खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहायक पदको लिखित परीक्षा भवन सार्वजनिक

काठमाडौं ।

लोक सेवा आयोग, काठमाडौं कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतको प्रशासन सेवा, सामान्य प्रशासन समूह, तह–४, सहायक पद का लागि हुने लिखित परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

सूचना नं. ३१/०८२–८३ अनुसार विज्ञापन नं. २७/०८१–८२ (खुला तथा समावेशी) अन्तर्गत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा मिति, समय र परीक्षा भवन तोकिएको आयोगले जनाएको छ ।

आयोगले परीक्षार्थीहरूलाई तोकिएको मिति, समय र परीक्षा केन्द्रमा उपस्थित रहन आग्रह गरेको छ । साथै, परीक्षार्थीहरूले अनिवार्य रूपमा प्रवेशपत्र र आवश्यक कागजात लिएर निर्धारित समयमा परीक्षा केन्द्रमा पुग्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

यससँगै, सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८(१) बमोजिम परीक्षा सुरु हुनुभन्दा १० दिन अगावै निवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

आयोगले परीक्षार्थीहरूका लागि परीक्षा दिनु अघि पालन गर्नुपर्ने विशेष निर्देशनहरू द्रष्टव्य–१ मा समावेश गरेको छ । यसमा परीक्षा केन्द्रमा ल्याउन नहुने सामग्री, पोशाक सम्बन्धी मापदण्ड र अनुशासनका विषयहरू उल्लेख छन् ।

लोक सेवा आयोगले सबै उम्मेदवारहरूलाई सफल परीक्षा प्रयोजनका लागि शुभकामना व्यक्त गरेको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation