भूमि व्यवस्थामन्त्री अधिकारीद्धारा रुपन्देहिमा ५५३ जनालाई लालपुर्जा बितरण भूमिको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गर्नु भएको छ ।
मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा बितरण गर्नु भएको हो । लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसि भएका थिए । बषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ती पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।
लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उहाँले जानकारी दिनु भयो । गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा बितरणमा सम्भव भएको बताउनु भयो ।

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation