निजामती कर्मचारी संगठन अर्घाखाचीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तल्लो तहका कर्मचारीलाइ थप पेल्ने र चेपुवामा पार्ने खालकाे कानुन ल्याउन खोजेपछि निजामती सेवा ऐन आउन ढिला भएको बताउनु भएकाे छ । अर्घाखाचीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा केन्द्रिय अध्यध्यक्ष लेखनाथ कोइरालाले माथिल्लो लेभलका प्रशासनिक व्यक्तित्व र उच्च लेवलका केही राजनितिक नेतृत्वका कारण ऐन आउन ढिला गरेको बताउनुभएको हो । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले सन्धिखर्कमा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्धाटन् गर्दै संगठनका केन्द्रीय अध्यक्ष कोइरालाले “कर्मचारीलाइ नोक्कर बनाउने कुरामा कर्मचारीका संघ, संगठनको विरोध भएपछि ढिला भएको उल्लेख गर्नुभयो ।
प्रशिक्षण कार्यक्रमको उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र वेल्बासे, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय नेता दधिराम मरासिनी, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश इन्चार्ज काशिराम आचार्य, केन्द्रीय सदस्य दिलिप केसी, नेत्रप्रसाद आचार्य, कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, प्रेस चौतारीका प्रदेश अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, उपाध्यक्ष हरिस्चन्द्र पाण्डेको स्वागत मन्तव्य र सचिव पशुपति खनालको सञ्चालनमा सम्पन्न भएको हो । नेपाल निजामती कर्मचारी संगठनले कर्मचारीकाे पेशागत हक अधिकारका सँग सँगै विभिन्न रचनात्मक क्रियाकलाप समेत गर्दै आएकाे छ । यसै सन्दर्भमा कर्मचारीकाे पेशागत क्षमता उच्चहाेस भनेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयाे ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation