निजामती कर्मचारी संगठन दाङले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ

नेपाल निजामती कर्मचारी संगठनकाे ३४ औं स्थापना दिवसकाे अवसरमा  नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित आधारभुत विद्यालय भैसाहीमा संगठन दाङका अध्यक्ष श्री शेर बहादुर के सी को अध्यक्षता ,दाङका प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदी ज्यु को प्रमुख आतिथ्यता एवम् संगठनका केन्द्रीय सदस्य श्री गोकर्ण ओली को बिशिस्ट आतिथ्यतामा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विद्यालयकि प्र अ श्री गोमा अधिकारी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद घिमिरे , नेपाल बुद्धिजिवि परिशद लुम्बिनी प्रदेश कार्यसमितिका सचिव सानुनारायण अधिकारी , २०४७ सालका संगठनका सदस्य श्री जगतराम चौधरी , घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष रामलौटन चौधरी लगायतले संगठनको स्थापना दिवसको अवसरमा सुभकामना व्यक्त गर्नुभएको थियो । संगठन दाङका सदस्य भुप बहादुर मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संगठन दाङका सह सचिव मोहन सिंह सुनारले गर्नुभएको थियो भने सोही अवसरमा घोराही उपमहानगरपालिकाकि नगर उप प्रमुख श्री हुमा कुमारी डी सी ज्यु ले कार्यक्रममा आउनुभएका प्रमुख अतिथि , अतिथिगण,अभिभाबक , शिक्षक , संगठक एवम विद्यार्थीहरु सङ्ग भेटघाट गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न परिमाणमा कापी ,कलम,पेन्सील, खेलकुद सामाग्री, संगठनको २०८१ सालको क्यालेन्डर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation