सेवानिवृत राष्ट्रसेवक संघ नेपालकाे केन्द्रिय अध्यक्षमा प्रयागराज शर्मा निर्वाचित

सेवानिवृत राष्ट्रसेवक संघ नेपालको चौथो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । संघको सम्पन्न केन्द्रिय अधिवेशनले अध्यक्षमा प्रयागराज शर्मा लाई निर्वाचित गरेको छ । शर्मा सँगै केन्द्रिय पदाधिकारी एवम सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ । पेशागत महासघं नेपालमा आवद्ध घटक सस्थाको रुपमा रहेको सेवानिवृतको केन्द्रिय अधिवेशन काठमाडौँमा सम्पन्न भएको थियो । विभिन्न पेशाबाट निवृत भएका पुर्व राष्ट्रसेवक कर्मचारीहरुको साझा सस्थाको रुपमा संघले महत्वपुर्ण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । लामो समय सम्म राज्यको सेवा गर्दा गहिरो अनुभवले निखारिएका पुर्व राष्ट्रसेवकहरुको यो सस्थाले अनुभवलाइ बाकि समयमा पनि समाज सेवामा लाग्न महत्वपुर्ण प्रेरणा प्रदान गर्ने जनाइएको छ । कार्यक्रममा पुर्व अर्थमन्त्री डा सुरेन्द्र पाण्डै पुर्व स्वास्थ मन्त्री भानुभक्त ढलाल पेशागत महासघंका अध्यक्ष पुन्य प्रसाद ढकाल लगाएतको आतिथ्यता रहेको जनाइएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation