कर्मचारी संगठन अर्घाखाचीको शुभकामना आदान प्रदान एवम क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

कर्मचारी संगठन अर्घाखाचीको आयोजनामा शुभकामना आदान प्रदान एवम क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती अर्घाखाचीको आयोजनामा विस २०८१ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि अर्घाखाचीका अध्यक्ष पिताम्बर भुसाल प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप केसि, केन्द्रिय परिषद सदस्य लालमणी खनाल, संगठनका प्रदेश सदस्य माया पन्थी, प्रेस चौतारी निर्वाचन आयोग केन्द्रिय संयोजक गणेश खनाल हरि प्रसाद डुम्रे सदस्य बाल बहादुर जिसि, राष्ट्रसेवक सहकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जीव नारायण आचार्य, प्रेस चौतारीका सह सचिवकमला परियार लगाएतको आतिथ्यता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन अर्घाखाचीका अध्यक्ष गणेश भन्डारीको अध्यक्षता उपाध्यक्ष हरिशचन्द्र पाण्डेको स्वागत मन्तव्य तथा संगठनका कोषाध्यक्ष विशाल महतको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितका महत्वपुर्ण कार्य गर्नुका साथै रचनात्मक तथा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको नेपालन निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती अर्घाखाचीका अध्यक्ष गणेश भन्डारीले जानकारी दिनुभयो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation