नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संघीय निजामती ऐन जारी गर्न केन्द्रलाई दबाब दिने निर्णय गरेको छ । शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको नियमित बैठकले संगठन सुदृढीकरण तथा संगठन विस्तार र संघीय निजामती ऐन जारी गर्न केन्द्रीय कार्यसमिती लाई दबाब दिने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिनेश कुमार धामीले जानकारी दिनुभयो । शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिनेश बहादुर धामीको अध्यक्षता र सचिव मुकेश कुमार थापाको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरत बहादुर सिंह प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्का,बझाङ इन्चार्ज लक्ष्मी रावल लगायतको आतिथ्यता रहेको थियो । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीहरुको समग्र वृद्धि विकासमा बाधा सृजना हुनुका साथै प्रशासनिक संघियता पनि पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । कर्मचारीको समग्र वृत्ति विकासका लागि निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्न कर्मचारीहरुले माग गर्दै आएका छन ।