निजामती कर्मचारी संगठन लुम्बिनीको बैठक शनिबार बस्दै : अध्यक्ष कोईरालाले उदघाटन गर्ने

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको छैठौं पूर्ण बैठक चैत्र दस गते सनिवार बस्ने भएको छ ।  केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा  २०८० चैत्र १० गतेको दिन सिद्धार्थ क्यम्पस, वाणगंगा कपिलवस्तुमा बस्ने भएको हो । बैठकमा लुम्बिनी प्रदेश कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय समिति पदाधिकारी, सदस्यहरू, प्रदेशभित्र कार्यरत केन्द्रीय पदाधिकारी, सदस्यहरू, सबै जिल्ला कार्यसमिति अध्यक्ष तथा पदाधिकारीहरु, केन्द्र तथा प्रदेश परिषद् सदस्यहरू, प्रतिनिधिहरू सहित सरोकारवाला संगठकहरुको  सहभागिता रहने जनाउदै उपस्तिथित हुन अनुरोध समेत गरिएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation