नेपाल निजामती कर्मचारी संगठनकाे वृहत बनभाेज वैशाख १ गते गाेकर्णेश्वरमा हुने

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीको आयोजनामा वृहत बनभोज कार्यक्रम बैशाख १ गते हुने भएको छ । केन्द्रिय कार्यसमितीको आयोजनामा बैशाख १ गते गोकर्णेश्वर स्थित निजामती पार्कमा कार्यक्रम आयोजना गरिएको नेपाल निजमती कर्मचारी संगठनले जनाएको छ । निजामती कर्मचारीहरुको पेशागत हकहितका विषयमा आवाज उठानुका साथै नेपाल निजामती कर्मचारी संगठनले विभिन्न अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । बैशाख १ गते संगठनले आयोजना गरेको वृहत बनभोज कार्यक्रममा उपस्थित हुन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation