निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशकार्यसमितीकाे बैठक चैत्र १० गते कपिलवस्तुमा बस्दै

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितीको बैठक चैत्र १० गते शनिवारका दिन कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा बस्ने भएको छ । विभिन्न एजेण्डामा छलफल हुने गरि प्रदेश कार्यसमितीको बैठक बस्न लागिएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितीका महासचिव नेत्र प्रसाद आचार्यले जानकारी दिनुभयो । साथै बैठकमा प्रदेश कार्यसमितीका सबै बाह्र वटै जिल्ला कार्यसमितीका अध्यक्षहरु तथा प्रदेश भित्रका केन्द्रिय सदस्यहरुलाइ समेत बैठकमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation