लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेको जानकारी गराइएको छ । मिति २०८० भाद्र २२ गते प्रदेश सभाबाट पारित भएको प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई २०८० मंसिर २१ गते प्रमाणिकरण गरेको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल वेल्वासेले हस्ताक्षर गरेको एक विज्ञप्ती जारी गर्दै प्रमाणीकरण भएको जनाइएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation