दाङमा कर्मचारी संगठनकाे बुलेटिन विमोचन समारोह केन्द्रिय अध्यक्ष काेइरालाले विमाेचन गर्ने

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले नेगो बुलेटिन विमोचन समारोह आयोजना गरेको छ । शनिवार एक कार्यक्रमका बिच नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अक्ष्यक्ष लेखनाथ कोइरालाले बुलेटिनको बिमोचन गर्ने कार्यक्रम रहेको नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेर बहादुर केसीले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठनले गरेका विभिन्न गतिबिधि र बिभिन्न लेख रचनाहरुलाई समेटेर नेगो बुलेटिन तयार भएका निजामती कर्मचारी संगठन दाङले जनाएको छ । शनिवार बिहान ११ बजे घोराहि उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हुदा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई सहभागिताको लागि निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीले अनुरोध गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation