अदानचुलीमा अध्यक्षको निर्देशन शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाउनु

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतलाई एक निर्देशनपत्र जारि गर्दै शिक्षा शाखाको प्रमुख परिवर्तन गर्न आदेश जारी गरेका छन । गाउँपालिका अध्यक्षले एक पत्र लेखेर शिक्षा शाखा प्रमुखलाई हटाएर एकजना शिक्षकलाई जिम्मेवारी तोक्न अनुरोध सहित निर्देशन जारी गरेका छन ।  यसरी स्थानीय तहका कर्मचारीहरुलाई पालिका प्रमुखहरुले आफ्नो ईच्छा अनुशार काम नगर्दा दुख दिने गरेका विभिन्न समाचारहरु आउनुले स्थानीय तहका कर्मचारीहरुको सेवा प्रति आकर्षक बढ्न नसकेको कतिपय स्थानीय तहका कर्मचारीहरुले बताउने गरेका छन । निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरुको लामो समयदेखि सरुवा समेत हुन सकेको छैन । यसरी स्थानीय तहका कर्मचारीहरुलाई सेवाको सुरक्षा र कानुनी व्यवस्था नहुदा स्थानीय तहका कतिपय जनप्रतिनिधिहरुले आफू अनुकुल कामकाज गर्न दबाब दिने गरेका छन ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation