पर्यटकिय क्षेत्र प्युठानको खलंगामा कर्मचारी संगठन लुम्बिनीको बैठक सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको बैठक प्युठानको खलंगामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कार्यसमितिको पाचौं बैठक खलंगामा सम्पन्न भएको हो ।  प्रदेश कार्यसमितिको बैठक प्रदेशभित्रका सबै जिल्लामा पालैपालो बस्ने रणनीति अनुशार यसपटकको बैठक पर्यटकिय क्षेत्र प्युठानको खलंगामा बसिएको लुम्बिनी प्रदेश कार्यसमिति सदस्य राजिव आर्यालले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रर्वदन गर्ने उदेश्य सहित प्रदेशकार्यसमितिको बैठक फरक फरक ठाउँमा बस्ने गरिएको उहाँले बताउनुभयो । साथै बैठकले विगतमा सम्पन्न भएका गतिविधिहरुको समिक्षा गर्दै आगामी कार्ययोजना समेत तर्जुमा गरिएको सगठन लुम्बिनीले जनाएको छ । साथै प्युठानको खलंगामा तयार पारिएको अम्ब्रेला स्ट्रीटमा फोटो सेसन समेत भएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष खगराज उपाध्ययको अध्यक्षतामा सम्पन्न बैठकमा प्युठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो भने निजामती कर्मचारी सगठका केन्द्रिय सचिवालय सदस्य काशिराम आचार्य लगाएत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कर्मचारी सगठनका अध्यक्षहरुको समेत सहभागीता रहेको जनाईएको छ । साथै निजामती कर्मचारी सगठन लुम्बिनी प्रदेश कार्यसमितिले आज प्युठानमा पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई निजामती ऎनका सम्बन्ध ज्ञापनपत्र समेत पेश गर्ने जनाईएको छ ।

 

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation