आन्दोलनरत कर्मचारी र मन्त्रालयबिच वार्ता सप्पन्न : माग पुरा गर्न पहल गर्ने (सहमतिपत्र सहित)

आन्दोलनरत स्थानीय तहका कर्मचारी र मन्त्रालयबिचको वार्ता सम्पन्न भएको छ । सम्झौतामा स्थानीय तहका कर्मचारीको माग पुरा गर्न पहल गर्ने उल्लेख गरिएको छ । स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत सुरुको  पाच वर्षको लागी संघबाट खटाउने सहमति पत्रमा उल्लेख छ । तहगतको कुरामा भने तिनै तहमा तहगत प्रणालीमा जाने कुरा उल्लेख गरिएको छ । जुन यसअघि सार्वजनिक भएको मस्यौदामा समेत सोही कुरा उल्लेख थियो । २०७६ को छैटौंमा नियुक्त भएका हरुका लागि सातौ तहमा पदस्थापन गर्ने कुरा उल्लेख गरिएको छ जुन बुदा पनि केहि प्रदेशहरुले कानुन बनाएर सातौ बनाईसकेका छन । दुई पक्ष बीच वार्ता भैरहदा कतिपय स्थानीय तहका कर्मचारीले भने वार्तामा प्रष्ट हुन्छ भन्ने शब्द नभएको र घुमाउरो अर्थमा सहमति भएकोमा आश्चर्य व्यक्त गरेका छन । यो सम्झौतालाई केवल पहल गर्ने खालको सम्झौता भनेर कर्यान्यन हुनेमा सङ्का व्यक्त समेत गरिएको छ । साथै स्थानीय तहका कर्मचारीले काठमाडौ केन्द्रित आन्दोलन छोडेर सेवा सुचारु गर्ने उल्लेख छ । यसरी आन्दोलनको चौधौ दिनको राति सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  आउदै गरेको दशैको बिदा र लामो समयदेखिको आन्दोलनका कारण सडकमा कर्मचारीको सङ्ख्या भने कम हुदै गएको थियो । विभिन्न कारणले नेतृत्वले आन्दोलनलाई सफल अवतरण गर्न सफल भएको कतिपय स्थानीय कर्मचारीहरुको धारणा छ । स्थानीय तहका कर्मचारीहरुको वार्तामा ट्रेड युनियनका नेताहरुको समेत सहभागीता रहेको थियो । सहुलियतपूर्ण उपचारका सम्बन्धमा समेत निजामती अस्पतालमा पहल गरिनेछ भन्ने सम्झौता भएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation