स्थानीय तह कर्मचारी आन्दोलनको तेह्र दिन पूरा

स्थानीय तहका कर्मचारीको सडक आन्दोलन शुक्रवार तेह्र दिन पुगेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छ्न । तेह्राैँ दिनको आन्दोलनमा पनि स्थानीय तहका कर्मचारीहरुले ठुलो सङ्ख्यामा उपस्थित भएर  प्रदर्सन गरेका छन ।  मन्त्रालयले गठन गरेको वार्ता टोलि सङ्ग वार्ता जारी रहेको भएतापनि तार्किक निस्कर्सको बारेमा आधिकारिक जानकारी प्राप्त भएको छैन । मन्त्रालयले सहसचिवको सयोजकत्वमा वार्ता समिति निर्माण गरेको थियो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation