केन्द्रिय आन्दोलनमा माण्डवीका कर्मचारीको ऐक्यवद्धता ः एकिकृत निजामती सेवा ऐन जारी गर्न माग

विभिन्न माग राख्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनिरहदा प्युठानको माण्डवी गाउँपालिकाका कर्मचारी पनि आन्दोलित भएका छन । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य सुविधाहरुबाट समेत बन्चित भएका छन । यसरी देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भैरहदा माण्डवी गाउँपालिकाका कर्मचारीहरु पनि आन्दोलित भएका हुन । कर्मचारीहरुले जनताको सबैभन्दा नजिक बसेर काम गर्ने कर्मचारी कसरी निजामतीको परिभाषामा पर्न सक्दैन भन्ने प्रश्न समेत गरेका छन । प्रस्तावित ऐनमा स्थानीयका कर्मचारीलाई फरक व्यवहार गरेको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । स्थानीय तहमा जनताको नजिक बसेर आधार तहमा काम गर्ने सम्पुर्ण कर्मचारीलाई निजामतीको परिभाषामा समेट्न माग गरेका छन । केन्द्रिय कार्यक्रम अनुशार एकिकृत निजामती सेवा ऐन जारीको माग गर्दै देशभरका कर्मचारी आन्दोलित भैरहेका छन । केन्द्रिय कार्यक्रम अनुशार देशभरका कर्मचारीले हातमा कालोपट्टी बाध्ने ज्ञापन पत्र बुझाउने तथा विरोधस्वरुप कार्यालयमा ब्यानर राख्ने काम देशभर भैरहेको छ । देशभर बाट काठमाडौँ केन्द्रित आन्दोलनमा कर्मचारीहरु उत्रिएका छन भने काठमाडौँ जान नसक्नेहरुले कार्यालयमा नै आन्दोलनमा ऐक्यवद्धता जनाउदै आएका छन । लामो समय सम्म ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सबैभन्दा बढि पिडित बनेका छन । ऐनको अभावले लामो समयसम्म कर्मचारीहरुको सरुवा समेत हुन नसक्दा एउटै स्थानीय तहमा बसेर काम गर्न बाध्य छन । साथै ऐनको अभावले स्थानीय तहका कर्मचारीहरुले निजामती अस्पतालको सहुलियतपुर्ण सुविधा समेत लिन पाएका छैनन ।
यसैबिच स्थानीय तहका कर्मचारीहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन । देशभरका कर्मचारीहरुले काठमाडौँको माईतीघरमा जम्मा भएर एकिकृत निजामती सेवा ऐन जारी गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरुलाई निजामतीको परिभाषामा समेट्न माग गरेका छन ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation