आन्दोलन लाई पाल्पाको रिब्दिकोट बाट पनि हौसला निजामतीको परिभाषामा समेट्न माग

पाल्पाको रिब्दिकोट गाउँपालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको केन्द्रिय आन्दोलनमा ऎक्यवद्धता जनाएका छन । पाल्पाको रिब्दिकोट गाउँपालिकाका कर्मचारीहरुले कालो ब्यानर सहित स्थानीय तहमा संघर्ष समिति बनाएर काठमाडौमा भैरहेको केन्द्रिय आन्दोलनमा पुर्ण समर्थन जनाएका हुन । स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गरि स्थानीय तहका कर्मचारीलाई समेत निजामतीको परिभाषामा समेट्न माग गरेका छन । देशभरका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन । माग पूरा नभए पेन डाउन गर्ने सम्मको तयारी कर्मचारीहरुले गरेका छन । केन्द्रिय संघर्ष समिति नै बनाएर स्थानीय तहका कर्मचारीहरुले आन्दोलनलाई काठमाडौ केन्द्रित गरेका छन । देशका विभिन्न पालिकाबाट ठुलो सङ्ख्यामा रास्ट्रसेवक कर्मचारी अधिकार प्राप्तिका लागी काठमाडौ पुगेका छन । लामो समय सम्म निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सबैभन्दा बढी मारमा परेका छन । सरुवा बढुवा जस्ता सामान्य अधिकार बाट समेत कर्मचारी बन्चित भएका छन भने ऎन अभवले गर्दा निजामती अस्पताल बाट सहुलियतपूर्ण सुविधा लिन समेत पाएका छैनन् ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation