मालीका गाउँपालिका म्याग्दीका कर्मचारीहरुले भने ऎनमा विभेद नहोस्

  • जनताको सबैभन्दा नजिक रहेर काम गर्ने रास्ट्रसेवक कर्मचारीलाई अन्याय नहोस्
  • म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत रास्ट्रसेवक कर्मचारीहरुले सबै कर्मचारीको न्याय हुने र सबै कर्मचारीले अपनत्व लिने खालको निजामती सेवा ऎन ल्याउन माग गरेका छन ।  जारी हुने चरणमा रहेको निजामती सेवा ऎन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्यादीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । सविधान जारी भएको बर्सौ हुँदा पनि निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु मारमा परेका छन । निजामती सेवा ऎनमा आफ्ना मागहरू पनि समावेश गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरुले चरणबद्ध रूपमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन । निजामती सेवा ऎनमा आफ्ना मागहरू सम्बोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र समेत पठाइएका छन । जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने कर्मचारी लाई निजामतीको परिभाषामा समेट्न नखोजेको भन्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । माग पुरा नभए काठमाडौ केन्द्रित सडक आन्दोलन समेत गर्ने स्थानीय तहका कर्मचारीहरुको तयारी छ । यसैबीच म्याग्दीको मालिका गाउँपालिकामा पालिका स्तरमा संघर्ष समिति समेत गठन भएको  छ । कर्मचारीहरुले अशोक रिजालको सयोजकत्वमा संघर्ष समिति गठन गरेको जनाईएको छ । साथै  रास्ट्रसेवक कर्मचारीहरुले जिल्ला र केन्द्रिय तहमा हुने संघर्षका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रतिनिधि समेत छनोट गरेका छन । संघियता कार्यान्वयन गर्ने र जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय तहका कर्मचारीहरुलाई सरकारले फरक व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन । निजामती सेवा ऎनको अभावमा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकार बाट समेत बन्चित हुन पुगेका छन । ऎनको अभावले गर्दा स्थानीय तहका कर्मचारीहरुले निजामती अस्पतालको सहुलियतपूर्ण सुबिधा लिन बाट समेत बन्चित भएका छन ।

     

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation