बुद्धभुमि नगरपालिकाका कर्मचारीको माग निजामती ऎनले स्थानीयको पनि माग सम्बोधन गरोस्

कपिलवस्तुको बुद्धभुमि नगरपालिका कपिलवस्तुका कर्मचारी हरुले सबै कर्मचारीहरुको माग सम्बोधन हुने निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । देशभरका स्थानीय तहमा जस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पनि कर्मचारी हरुले कालो व्यानर राख्दै  आफ्ना मागहरू सार्वजनिक गरेका छन । निजामती सेवा ऎनको सट्टा एकीकृत निजामती सेवा ऎनको रूपमा सबै तहका कर्मचारी लाई समेट्ने गरेर ऎन जारी गर्न माग गरेका छन । लामो समयसम्म निजामती सेवा ऎन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु मर्कामा परेका छन ।  ऎनको अभावले गर्दा सरुवा बढुवा जस्ता सामान्य सेवाबाट समेत स्थानीय तहका कर्मचारीहरु बन्चित भएका छन । आफ्ना मागहरू पूरा नभए काठमाडौ केन्द्रित सडक आन्दोलन गर्ने देशैभरका स्थानीय तहका कर्मचारीहरुको तयारी छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation