कर्मचारी संगठन कास्कीले हाजीरी जवाफ प्रतियोगोगिता गर्ने

नेपाल निजामति कर्मचारी संगठन कास्कीले खुला हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामति सेवा दिवस २०८० को अवसर पारेर अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोगना गरिएको नेपाल निजामति कर्मचारी संगठन कास्कीले जनाएको छ । भाद्र १६ गते शनिवार जिरो कि.मि पोखरामा रहेको न्युएरा पार्टी प्यालेसमा कार्यक्रम हुने नेपाल निजामति कर्मचारी संगठन कास्कीका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिनुभयो । विहान ११ बजेदेखी सुरु हुने कार्यक्रममा एक दर्जन समुहको सहभागीता रहने संगठनका जिल्ला अध्यक्ष विष्णु पोख्रेलले जानकारी दिनुभयो । नेपाल निजामति कर्मचारी संगठन कास्कीले विभिन्न खालका अतिरिक्त क्रियालकलाप हरु सञ्चालन गर्दे आएको छ । पेशागत हक अधिकार प्राप्तीका लागि गरिने अभियान सँगै रचनात्मक क्रियाकलापलाई समेत जोड दिने गरिएको संठनका जिल्ला अध्यक्ष पोख्रेलले बताउनु भयो ।

 

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation