नेपाल निजामती कर्मचारी संगठन बाँकेको ११ औं जिल्ला अधिवेशनबाट सार्वजनिक प्रशासनका विश्लेषक तथा लेखक देविलाल चौलागाइको अध्यक्षतामा जिल्ला कार्यसमिती चयन भएको छ । पुनः अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष चौलागाइले जिल्ला अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संगठन सदस्यहरुका साथै शुभेच्छुक एवं अग्रज सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्चालनमा एक सन्देश लेख्दै अध्यक्ष चौलागाइले यो जिम्मेवारीले पहिलो कार्यकालमा गरेका कार्यहरू जसले संगठनलाई अब्बल, उत्कृष्ट र आम कर्मचारीहरुको साझा थलोको रूपमा स्थापित गर्ने काम गर्यो यी सबै कार्यहरूको अनुमोदन र त्यसलाई निरन्तरता दिने आम कर्मचारी र संगठन सदस्यहरुको भावना, चाहना र शुभेच्छा हो भन्ने बुझेको बताउदै यो विश्वास, भरोसा र अपेक्षाका निमित्त सबै प्रति आभार व्यक्त गर्दै धन्यावाद दिनुभएको छ । चौलागाई यसअघि पनि जिल्ला कार्यसमिती बाकेको अध्यक्ष रहनुभएको थियो । प्रदेश कार्यसमितीको र केन्द्रिय कार्यसमितीको समेत नेतृत्व गर्ने क्षमता भएका चौलागाई लुम्बिनी प्रदेशका बौद्धिक एवम क्षमतावान जिल्ला अध्यक्षको रुपमा परिचित हुनुहुन्छ । अध्यक्ष चौलागाई सार्वजनिक प्रशासनलाई गहिरोगरि अध्ययन र विश्लेषण गर्न सक्ने लेखक समेत हो । उहाँको राजनीती र प्रशासनको विश्लेषण गरिएको एउटा पुस्तक समेत प्रकाशन भएको छ भने थुप्रै लेख रचनाहरु पत्रपत्रीकामा प्रकाशित भएका छन ।
साथै नेपाल निजामती कर्मचारी संगठनले माघ ३० गते र फागुन १ गतेको लागि केन्द्रिय महाधिवेशनको मिती तय गरेको छ । महाधिवेशनको तयारीस्वरुप मााघ १६ गते सम्म जिल्ला तथा विभागिय अधिवेशन सम्पन्न गर्ने र माघ २० गते सातै प्रदेशमा प्रदेश अधिवेन गर्ने तयारी गरिएको नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ ।