लुम्बिनी प्रदेशको निजामती सेवा ऐन राजपत्रमा प्रकाशित भएको छ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन राजपत्रमा प्रकाशित भएको छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसगैँ राजपत्रमा प्रकाशित भएको हो । अब कर्मचारीको बर्षौदेखी रोकिएका सरुवा र वढुवाको बाटो खुलेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले एक विज्ञप्ती जारी गर्दै पौष २८ गते प्रदेश निजामती सेवा ऐन र पौष २९ गते स्थानीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको विज्ञप्तीमा जनाइएको थियो । लामो समय देखि स्थानीय सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता समान्य अवसरबाट समेत बन्चित भएका थिए । साथै स्थानीय तहका कर्मचारीहको सरुवा हुन नसक्दा लामो समयदेखी एउटै स्थानीय तहमा दबाबमा कामगर्न बाध्य भएका थिए । प्रदेश र स्थानीय निजामती सेवाका कानुनहरु राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation