नेपाल निजामती कर्मचारी संगठन मोरङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनले शालिकराम कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा नरहरी निरौला र सुनिता निरौला रहनुभएको छ भने सचिवमा सुरेशकुमार ढुंगेल चयनहुनुभएको छ । कार्यसमितीको सह सचिवमा ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको नेपाल निजामती कर्मचारी संगठन काेशी प्रदेशका महासचिव रमेश खतिवडाले जानकारी दिनुभयाे । नेपाल निजामती कर्मचारी संगठनले माघ १२ गते एकैपटक ३० वटा जिल्लाको अधिवेशन गरि ईतिहास कायम गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले शनिवार एकैदिन ३० वटा जिल्ला विभागीय कार्यसमितीको अधिवेशन सम्पन्न गरेको हो । महाधिवेशनको तयारीस्वरुप मााघ १६ गते सम्म जिल्ला तथा विभागिय अधिवेशन सम्पन्न गर्ने र माघ २० गते सातै प्रदेशमा प्रदेश अधिवेन गर्ने तयारी गरिएको नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो । मुलत जिल्ला अधिवेशनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यकालको लागि नीति तथा कार्य योजना तय गर्ने छ । साथै जिल्ला अधिवेशनले स्थानीयस्तरका समस्याको पहिचान र माथिल्ला कार्य समितिमा पेश गर्नु पर्ने सुझाव तथा निर्णय हुनुपर्ने विषयको बारेमा निर्णय गर्ने छ । साथै जिल्ला तथा विभागिय कार्य समितीले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नुका साथै केन्द्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको समेत चयन गर्ने छ ।