देशैभरका जिल्लामा गठन भयो भूमि समस्या समाधान आयोग ७१ जिल्लाका अध्यक्षहरुले लिए सपथ (नामावलिसहित)

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने बताउनु भएको छ । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्वपुर्ण कामहरुको जानकारी गराउदैं अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गदैं आयोगको ३ बर्षे कार्यकालमा भूमि समस्या स्थायीरुपमा समाधान हुने बताउनु भएको हो ।

भूमि र सहकारी क्षेत्रको समस्या समाधान बर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गर्नुभयो । संसदमार्फत ऐन ल्याउदाँ लामो समय लाग्ने र समस्या समाधानमा बिलम्व हुने देखेर सरकारले फाष्ट्रयाकमार्फत ऐन ल्याएको स्पष्ट पार्नुभयो ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलाई ३ बर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरुपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिनु भयो । कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलाई मन्त्री अधिकारीले सपथ गराउनु भएको थियो । पहिलो चरणमा प्राविधिक कारणले सपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरुको सम्वन्धीत प्रदेशमै सपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।  जिल्ला अध्यक्षहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस   भूमि आयोग अध्यक्षको नियुक्ति जिल्ला अनुसार

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation