शाखा अधिकृत पास गरेर छोरी हाकिम बनेपछि छोरीलाई वुवाले लेखेको पत्र

शाखा अधिकृत पास गरेर छोरी हाकिम बनेपछि छोरीलाई वुवाले लेखेको पत्र

लोकसेवा आयोगले लिएका परिक्षाहरुमा विभिन्न ठाउँमा नाम निकालेको भनेर वा धेरै ठाउँमा नाम निकाल्ने भनेर विभिन्न समाचारहरु सुन्ने र पढ्नेहरुमा म पनि पर्छु । ति सफलताका कथा र सफलताका समाचारहरुले लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुको लागि उर्जा र हौसलाको काम गर्दछ । लोकसेवा तयारी गर्दै गरेका विद्यार्थीहरु लाई सकारात्मक उत्प्रेरणा श्रृजना गर्ने काम गर्दछ । मलाई पनि कलेजको पढाई सक्काउदै गर्दा नेपालमा नै बस्ने र सरकारी सेवामा प्रवेश गरि देश र जनताको सेवा गर्ने चाहाना विकास गर्न त्यस्ता खाले सकारात्मक सफलताका कथाहरुको पनि केहि हदसम्म भुमिका रहेको छ । यो सँगसँगै आत्मविश्वास दृढ इच्छाशक्ति र निरन्तरको मेहनतले सफलताको मार्गमा लैजान मदत गर्दो रहेछ भन्ने  मेराे बुझाई रहेकाे छ । मैले पनि सरकारी सेवाको रुपमा सुरुमा वि.स २०७९ साल साउन महिनाको १५ गते सहायक महिला बिकास निरीक्षकको रुपमा सरकारी सेवामा प्रवेश गरेकी थिए । पछि विस २०७९ साल असौज १३ गतेका दिन संघीय लोकसेवा अन्तर्गत खरिदार पदमा नाम निकालेर नेपाल सरकारको निजामती सेवामा प्रबेश गरे । त्यसै बखतमा गण्डकि प्रदेशको स्थानिय पाचौँ र सिटिइभिटिको अधिकृत पदमा पनि सफतलता प्राप्त भयो । ति सबै सफलताहरु मेरो जिन्दगीका सफलताका केहि खुड्किलाहरु हुन । लोकसेवा आयोगले लिने परिक्षाहरुमा सफल हुने क्रममा मैले विस २०७९ साल माघ २२ गते नेपाल सरकारको शाखा अधिकृतको परिक्षा पास गरी ३६औँ ब्याटको अफिसरको रुपमा तालिम सम्पन्न गरि पदस्थापन भएर म कालीकोटको ग्रामिण पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी बहन गर्न म कालीकोट जानेबेला मलाई एउटा इमेल आयो । डिजिटल माध्यमबाट मलाई एउटा पत्र आएको थियो । बाटैभरि त्यो पत्र पढे पटकपटक पढे जतिपटक त्यो पत्र पढ्थे उतिपटक मेरा आखाहरु रसाउथे । हिम्मत,साहस र आत्मविश्वासले भरिपुर्ण भएपनि त्यो पत्रले मेरा हृदयलाई छोएको थियो । त्यो पत्र मेरो बुवाको थियो । छोरी हाकिम भएको खुशीयालीमा बुवाले मलाई लेखेको पत्र थियो त्यो आज म त्यो पत्र यहाँ प्रस्तुत गर्न गैरहेकी छु ।

प्रिय छोरी शोभा धेरै माया र आर्शिवाद

छोरी तिमीले लोकसेवा आयोगले लिएको शाखा अधिकृको परिक्षा पास गर्यो सर्वप्रथम त छोरी तिमीलाई मैले हार्दिक बधाइ र शुभकामना दिन चाहान्छु । तिमीले शाखा अधिकृको परिक्षा पास गर्दा मेरो खुशीको सिमाना कहाँनिर छ भनेर ठम्याउन सकिरहेको छैन । तिमीले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट ब्याट तालिम लिएर एउटा कुशल प्रशासक बनेर प्रशिक्षण प्रतिष्ठानबाट दिक्षित भएकी छौँ । दिक्षान्त समारोह सकेलगत्तै सामान्य प्रशासन मन्त्रालय बाट पदस्थापन भई आज तिमी आफ्नो जिम्मेवारी सम्हाल्नका लागि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी बोकेर आफ्नो कार्यस्थल कालिकोट जिल्ला जादै छौँ । प्रथमत म तिमिलाइ शुभकामना दिन चाहान्छु । शुभयात्रा छोरी भन्न चाहान्छु र हृदयदेखी नै तिम्राे  यात्रा सफल होस भन्ने कामना गर्न चाहान्छु । नेपाल एयरर्लाइन्स को जहाज चढेर हाम्रो गृह जिल्ला हुँदै र सायद त्यो जहाज हाम्रै घरको माथि बाट उददै तिमी तिम्रो कार्यस्थलतर्फ जान्छौ होला । सम्भब भएसम्म चिन्ने कोशिश गर न है छोरी ।
आज म तिम्रो मम्मी ,भाइ ,झरना अनि बिना घर भएको भए हुन्थ्यो जस्तो लागेको छ साथमा हजुरबुबा र हजुरआमा पनि सँगै भएको भए हुन्थ्यो जस्तो लागेको छ । अनि हामी सबैजनाले आज हार्षोल्लासका साथ शोभा एक बजे काठ्मान्डौँ बाट उढ्दैछिन दुई बजेतीर हाम्रो घर बाट शीधा माथि हुँदै आउछिन भन्दै जहाज को आवाज को प्रतिक्षा गर्ने थियौँ होला । तर बिडम्बना तिम्रो हजुरबुवा र हजुरआमा हाम्रो समिपबाट निकै टाढाको संसारमा गइसक्नुभएको छ । तिमीलाई थाहा छ होला छोरी तिम्रो हजुरआमा जो सधै गरिवि र अभाव को शिकार बन्नु भयो उहाँको लागि आज तिमीले यात्रा गरिरहेको जहाज हेर्दाको क्षण अति रमाइलो हुने थियो होला सायद । फुटेका पैतला सहितका खालि खुट्टा फाटेको चोलि घलेक अनि प्वालै प्वाल भएर टालेको पटुकी बाधेर कानमा मढौरि नाकमा फुली र मुन्द्री लगाएर वएल को पछौरा टाउको मा बाधेर अनि आखा माथि हात को छाहारी बनाएर निलो आकासमा उडेको जहाज टुलुटुलु हेर्नु हुन्थ्यो होला । यस्तै यस्तै भावका कुरा र मनोकल्पनाले गहभरि शितका थोपा जस्तै आशु रसाएका छन । खै , शोभा त देखिन्ने , तीउर्ले देख्येउ र ? मेरा त आखा धमिला भएर काराएको मात्रै सुने भन्दै एकछिन पछि सेतो जहाज पनि देखे भन्दै हातले बताउदै उ ,उ भन्नु हुन्थ्यो होला । एक पटक को कुरा हो, भाद्र महिना थियो हप्ता दिनदेखि परेको सात दिने झरि रोकिए पछि आमा र म ठुला पाटामा घास काट्दै थिएउँ । आकास मा जहाज करायो ,येति होचो उडेको थियो कि जहाज मडेल्चौर बस्ला जस्तो गरि नजिकबाट उढेको थियो । अनि आमाले गीत गाउनु भयो , ए।।।।।।।।हवाइजहाज आकास मा ।।।।।।मैले गीत सम्झन्न लय र स्वर भने भर्खर गाएजस्तो सम्झन्छु भर्खरै कानमा गुञ्जिएको जस्तो भान हुन्छ ।

अनि छोरी अब हजुरबुबा बारेमा पनि तिमीलाई धेरै कुरा थाहा छ । तिम्रो हजुरबुवा आफ्नो जमानाको शिक्षित ब्यक्ति हुनुहन्थ्यो । बडाहाकिम ले त्यतिबेलाको पिउन मा नियुक्ति दिएको थियो रे वि.स१७।१८ साल तिर बहिदार दिए खान्छु नत्र खान्न भन्नु भाको थियाे  रे त्यतिबेला । सारै बहिदार बन्ने इछ्या थिये रे तर उहाँको त्यो इच्छा कहिल्यै पुरा हुन सकेन । त्यसैको फलस्वरूप उहाँ सधैभरि बेरोजगार हुनुभयो । पछि सम्म त्यो नियुक्ति पत्र देखाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो कस्तो बिडम्बना बिडम्बना

तर आज हुजबुवाको त्यो सपना तिमी नातिनी ले साकार पारेकि छेउ । त्यसैले त होला तिम्रो रिजल्ट आउने अघिल्लो दिन मैले तिम्रो हजुरबुवालाई सपनामा देखेको थिए । त्यो रात म बुवा सँग खेतमा थिए । हजुरबुवा खेत भने पछि हुरुक्क हुनु हुन्थ्यो । त्यो रात त्यहीँ खेत मा हुनुन्त्यो । मैले बेलाउतिको रुख नेर उँहा लाइ देखे र भने बुवा म त्यो हजुर ले बनाएको गोठमा टिन लगाइ दिन्छु । र बा होइन भन्दै मलाई भन्नुभयो हेर त म त येस्तो बनाएर बसेको छु भन्दै एउटा घर देखाउनुभयो । त्यो घर भित्र लग्नुभयो र ठुलो दरवार, कोठै कोठा भएको दरबार पार लाउनै नसकिने,गाइ गोरु कति हुन कति । अनि माथिको छत मा फलफुलका झुप्पा र पाकेका अम्बा लटरम्म थिए । छत मा हिड्दा समेत फलफुल ले टाउको ठोकिने दृश्यले म आस्चर्य परे र अर्को दिन त लौ छेरीको नाम अधिकृतमा निस्केछ । आज कति चर्चा हुन्थ्यो होला घरमा हजुरआमा ले अधिकृत भन्न जान्नु हुन्नथ्यो होला र भन्नुहुन्थ्यो होला शोभा आलिखेत भै रे ।  बुढेसकालमा नातीनि हरु अत्यन्तै दुख र मायाको साथ हुर्काउनु भएको थियो । रुदा दुध चुसाउने,जाउलो पकाएर खुवाउने,दिशा सोर्ने ,बर्काले बोकेर डुलाउने गरेर तिमिहरुलाइ यो सन्सार मा परिपक्व बनाउनु भएको हो । र कहिल्लै पिट्नु हुन्थेन र सानोमा स्कुल पढ्दा शोभा पोख्राचौर्को इस्कुल्मा एकमा फस्ट भै छे रे भन्नु हुन्थ्यो । एक पटक आज उहाँले यो तिमी हाकिम भएको खबर देख्न र सुन्न पाउनु भयेको भए कस्तो हुन्थ्यो होला ।

तिमी, तिम्रो मम्मि, अनि तिम्रो हजुरआमा र जिजु आमामा कति पुस्तान्तरण भएको छ । मेरो हजुर आमा छिट्ट्टै बित्नु भएको अरे,उँहाले ओढ्ने सिरक परार साल सम्म घरको उपल्लो तालामा थियो । त्यो एती गरुङो थियो कि सार्दा ढाडै सड्किने । तात्न २ घन्टा लाग्ने छोटो भएको हुनाले खुट्टा खुम्चाउन पर्ने । हजुरबुवा अति कर्मठरे अनि मेरो आमाको दिन चर्या भन्छौ भने छोरी चार बजे अघि उठ्ने एक डाला मकै पिस्ने । ढिकिमा मुरी पन्ध्र पाथि धान कुट्ने । झिसमिसेमै खोलाबाट ४।५खेप पानी बोक्ने । कराहीको कालो दाल को झोल सङग आटो खाने । अनि चौवाहा ३ घन्टा खालि खुट्टा हिडेर जाने । साझ सम्म मेलामा कामगर्ने अनि रातारात फर्किने रे । कहिले लामा खर्कनै बाटोमा नै सुत्ने रे हिड्न नसकेर । बाघ लाइ पुकार्नु हुन्थ्यो रे दुखि जीवन अन्त्य को लागि । र छोरी सोभा आज त तिमी हुइलचिअरमा चिल्लो कुर्सी घुम्ने मेचमा बस्छे रे हाकिम हो रे ,सबैले ढोग्छन अरे ,कोट पाइन्ट लगाउन्छे रे ,आधा लाख बराबरको तलब खान्छे रे भन्दा कति छक्क पर्नु हुन्थ्यो होला । अनि कल्पना गर्छु तिम्रो हजुरबुबा कति गर्व गर्नुहुन्थ्यो होला सायद बिहानै बुढाथोकी आका ए के छ ये बाबु ठिकै छ । हिजो नातिनी कालिकोट पेलेन चढेर गै । हिजो दिउसो हो रे आक्कस मा जहाज देखियो ,अब मान्छे नदेखिने र ज्वाई पनि इन्जीनीयर हुनुहुन्छ ,सङै जहाजमा जानुभएके रहेछ कालीकेट । अ बाये छोरी हाकिम भै ,हाम्रो त सालारुखे सुब्बा हुन्दा गाउ नै थर्केथ्यो ,अब हाकिम भनेको त हाकिम नै हो । भन्दै गन्थनमन्थन गर्नुहुन्थ्यो होला सायद ।

छोरी हाम्रो जस्तो पितृसत्तात्मक समाजमा छोरी हाकिम हुने कुरा चानचुने कुरा होइन । लाेकसेवाकाे परिक्षा पास गरेकाे एउटा कार्यालयकाे प्रमुख बनेर जिम्मेवारी बहन गर्ने सानाे बिषय हाेइन पितृसत्तात्मक समाजमा याे सानाे कुरा हाेइन याे एउटा परिवर्तनकाे रूप हाे ।  महिला शसक्तिकरणकाे एउटा अनुपम उदाहरण हो । बिहे पछि घुचेटा लगाएर घर पठाउने, घर परिवार बाट नै अनौठा अनौठा दुव्यवहार र घटनाहरु बेहोर्नु पर्ने र सधै पराधिन र परनिर्भर हुनु पर्ने बाध्यता पनि हाम्रो समाजमा विद्यमान छ । अज्ञानता र गरिवीले जकडिएको समाजमा आज थोरै भए पनि तिमीहरुजस्ता  छाेरीहरूले केहि फरक गर्न सकेका छौ । हामी अविभावकहरूको लागि यो निकै खुशीकाे कुरा हो । हामी अविभावकहरुको लागि छोरी हाकिम बनेको कुरा निकै गौरव र खुशिको क्षण हो । छोरी आज तिमि हाकिम भएर कार्यलय प्रमुखको जिम्मेवारी लिदै छौ त्यो कार्यलयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको तिमी अविभावक हौँ । बर्षौसम्म लोकसवाको परिक्षा दिदा दिदा हाकिम बन्ने सपना पुरा हुन नसकेको तिमिभन्दा परिपक्क र क्षमतावान तर तिम्रो मातहतमा काम गर्ने कर्मचारीको आत्मसम्मानमा कहिल्यै ठेस नपुर्याउनु । छोरी मैले तिमीलाई तिम्रो दुइतिन पुस्ताको कथा सुनाए हामी आटो पिठो रुक्कासुक्का जस्तो तस्तो खाएर जिवन चलाउन सक्ने शाहस भएका मान्छेहरु हाैँ । खानपान र सुख सयलमा हाकिमी प्रवृति र विलासिता प्रदर्शन नगर्नु । छोरी तिमी आज हाकिम भएकी छौँ तिमिले दिएको सेवा लिनलाई जनताहरुले महिनौदेखी पर्खिरहेका हुन सक्छन उनिहरुलाई नजरअन्दाज नगर्नु सेवा लिनेहरुको लामो लाईन हुन सक्छ कहिल्यै झर्को नमान्नु सेवा लिनेहरुको लामो लाईनको पछाडी हामी जस्तै बुढाभएको लट्ठीको साहारामा उभिनुपर्ने अर्कि कुनै छोरीका बुवाअमा उभिएका हुन सक्छन उनिहरुलाई आफ्नै बुवाआमा सम्झीएर सेवा दिनु । तिमीले सेवा गर्ने सेवाग्राहीहरूमा हजुरअमाले जस्तै रातभरि एकमुरी मकै पिसेर झिसमिसेमै खेलाबाट २ गाग्री पानी बोकेर घामको झुल्का सँगै हिडेर तिमिले दिने सेवा लिन अएका पनि हुन सक्छन त्यसैले तिमीले सेवा दिन बिलम्ब नगर्नु । किनभने त्यो सेवा लिएर तिम्रो त्यो सेवाग्राहीलाइ साझमा छिटै घर पुग्नुपर्ने हुन सक्छ । किनभने उहाँको घरमा भैसी एकहाते हुन सक्छ । तिमीले सेवा दिने सेवाग्राहीको लाइनमा बसेकी दिदिको घरमा साना लालाबाला भोको पेट आमा आउने बाटो हेरेर रोइरहेका हुन सक्छन । तिमीले शाखा अधिकृतको तयारी गर्दा अध्ययन गरेको एउटा बिषय सम्झाउन चाहान्छु छोरी, शुसासन पारदर्शीता इमान्दारीता र नैतिकता यो तिम्रो सेवाको मुल मन्त्र हो छोरी यो मुल मन्त्रलाई आफ्नो सम्पुर्ण सेवा अवधिभरि सम्झीरहनु । छोरी सेवा लिने सेवाग्राहीको लाईनको पछाडी लौरो टेकेर उभिएका ति बुवाआमाहरुले उभिनका लागि टेकेको त्यो लौरोमा पनि कर तिरका छन र तिमीले मासिक रुपमा कमाउने आधा लाख तलबमा त्यो बुवाआमाबाट संकलन गरेको कर पनि समावेश भएको छ भन्ने कुरा कहिल्यै नबिर्सनु छोरी । तिम्रो वृत्ति विकास राम्रो होस आज शाखा अधिकृत पास गरेकी छौ छोरी कार्यालय प्रमुख भएकी छौँ । भोली प्रमुख जिल्ला अधिकारी भएर जिल्ला प्रमुख भएको देख्न पाउँ छोरी तिमिलाइ उज्वल भविष्यको कामना सहित शुभ आर्शिवाद छोरी ।
उहि तिम्रो प्यारो बाबा
………………………..

 

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation