निजामती कर्मचारी युनियन रूपन्देहीद्धारा नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख सहयोग हस्तान्तरण

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख सहयोग गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी लगाएतको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कंडेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा महामन्त्री थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यबाद समेत ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएको विषयलाई उचित सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री गगन थापालाई अनुरोध गर्नुभएको थियो । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञानलगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदानलगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation