![](http://karmacharionline.com/wp-content/uploads/2024/09/lumbini-670x400.jpg)
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गर्नुभएको थियो । भदौ ६ गते बसेको प्रदेश सभाको २७औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर बैठकमा पेस गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले छलफलपछि प्रतिवेदन सहितको विधेयक सभामा पेस गरिको थियो । उक्त अब प्रदेश प्रमुख बाट प्रमाणीकरण भएपछि प्रदेश राजपत्रमा प्रकाशीत भएपछि कार्यान्वयनमा जाने छ ।