लेखाका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड सार्वजनिक सरुवा र पदस्थापन लाई पारदर्शी बनाउने नीति

लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा असोज ४ गतेभित्र अनलाई माध्यमबाट आबेदन दिन अनुरोध गरेको छ । यस अघि निवेदन दिएका लेखाका कर्मचारीहरुले पनि यो सुचना जारी भएपछि पुन अनलाई माध्यमबाट आवेदन दिन अनुरोध गरिएको छ । एक सुचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयले लेखा समुहका कर्मचारीहरुको सरुवा सम्बन्धी मापदण्ड जारी गर्दै सोहि मापदण्ड बमोजिम आवेदन दिन अनुरोध गरेको छ । लेखाका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड समेत सार्वजनिक गरि सरुवा हुन चाहाने कर्मचारीले असोज ४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । महालेखा नियन्त्रक कार्यालय नेपाल सरकारको आर्थिक कारोबार गर्ने र त्यसको लेखाजोखा राख्ने केन्द्रिय निकाय समेत हो । यसरी चारैतर्फ सरुवा व्यवस्थित चक्रिय र पुर्वानुमान योग्य हुन नसकिरहेको अवस्थामा महालेखा नियन्त्रक कार्यालयले भने मापदण्ड बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको छ । यसले गर्दा दुरदराजमा काम गरेका कर्मचारीहरुलाई निकै सकारात्मक प्रभाव पर्ने देखिन्छ । सोर्स फोर्स र पावरका आधारमा नभै सिस्टम र पद्धतिका आधारमा सरुवा र पदस्थापन गर्न महालेखा नियन्त्रक कार्यालयले गरेको प्रयासलाइ सकारात्मक रुपमा लिन सकिने लेखाका कर्मचारीहरु बताउछन । मापडण्डमा सरुवा र पदस्थापन लाई व्यवस्थीत र पारदर्शी बनाउने निति लिईको छ ।

 

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation