नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको बैठक शनिवार कपिलवस्तुमा सम्पन्न भवएको छ । केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश पूर्व स्वास्थ्य मंत्री माननीय विष्णु पन्थी नेकपा एमाले लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक माननीय तुलसी चौधरी लगाएतको विशिष्ठ आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठक प्रदेश कमिटिका अध्यक्ष खगराज शर्माको अध्यक्षता र महासचिव नेत्र प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सबै तहका कर्मचारीलाई समान व्यवहार हुने खालको निजामती सेवा ऐन जारी गराउन पहल गरेको बताउनु भयो । साथै उँहाले हाल संसद सचिवालयमा दर्ता भएको मस्यौदामा केहि सुझाव भए दिनका लागि संगठनले देशैभर सुझाव संकलन अभियान सञ्चालन गरेको बताउनु भयो । बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रदेशले पनि प्रदेश र स्थानीय तहका कर्मचारीलाई अपनत्व बोध हुने गरि कानुन निमार्ण गर्न आफुहरु लागि परेको बताउनुभयो । बैठकमा पेशागत महासघं नेपाल रुपन्देहीका अध्यक्ष राजिव अर्याल कपिलवस्तुका अध्यक्ष बावुराम पोख्रेल लगाएतको सहभागिता रहेको नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुका कोषाध्यक्ष बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । बैठक प्रदेश कमिटिको आयोजना र जिल्ला कार्यसमिती कपिलवस्तुको समन्वयमा सम्पन्न भएको थियो ।