राष्ट्रसेवक बचत तथा त्रृण सहकारी सस्था कपिलवस्तुको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । राष्ट्रसेवक बचत तथा त्रृण सहकारी सस्थाको तह्रो साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको हो । सहकारी सस्थाको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्रप्रसाद आचार्यले नेपाल निजामती कर्मचारी संगठनले देशभरका राष्ट्रसेवक सहकारीहरुको पुजिलाई एकिकृत रुपमा परिचालन गर्ने गरि तयारी थालेको बताउनु भयो । यस्तै उहाँले राष्ट्रसेवक सहकारी राष्टसेवक कर्मचारीको सारथिको रुपमा रहेको उल्लेख गर्दै यसमा आबद्ध हुन सबै राष्टसेवक कर्मचारीलाई आवहान गर्नुभयो । साथै सहकारीको अधिवेशनले सन्तोष थापाको अध्यक्षतामा नौ सदस्सीय कार्य समिती चयय गरेको छ । साथै केशवराज भट्राइको संयोजकत्वमा लेखा समिती र शान्ताराज आचार्यको संयोजकत्वमा त्रृण परिचालन समिती गठन गरेको छ । सन्तोष थापाको अध्यक्षतामा गठित सञ्चालक समितीको उपाध्यक्षमा बिष्णु प्रसाद पोख्रेल सचिवमा अनिता क्षेत्री र कोषाध्यक्षमा साम्दे शेर्पा रहनुभएको छ । सहकारीका सधारण सभाको सहजिकरण नेपाल निजामती कर्मचारी संगठनका बाणगगां नगर कमिटिका अध्यक्ष दिपक पाण्डेले गर्नुभएकाे थियाे ।