संकल्प यात्राको क्रममा केपी शर्मा ओलिलाई कर्मचारी संगठन रुकुमद्वारा सुझावपत्र पेश

समृद्धिका लागि सङ्कलप यात्राको क्रममा ओलिलाई कर्मचारी संगठन रुकुम पुर्वमा सुझावपत्र पेश गरिएको छ । सङ्कल्प यात्राका क्रममा रुकुमपुर्वको रुकुमकोट पुगेका पुर्व प्रधानमन्त्री एमव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न नेपाल निजामती कर्मचारी संगठन रुकुम पुर्वमा सुझावपत्र पेश गरिएको हो । नेपाल निजामती कर्मचारी संगठन रुकुम पुर्वका अध्यक्ष हर्कबहादुर शाहि र सचिव सन्तोष मल्लद्धारा सयुक्त हस्ताक्षर गरिएको सुझापत्र प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिलाई बुझाइएको नेपाल निजामती कर्मचारी संगठन रुकुमपुर्वले जनाएको छ ।

संविधान जारी भएको लामो समय हुँदा समेत निजामती सेवा ऐन जारी हुन सकेको छैन । लामो समयसम्म निजामती सेवा ऐन जारी हुन नसक्दा राष्ट्रसेवक कर्मचारीहरुको वृद्धि विकासमा प्रत्यक्ष प्रभाव परेको छ । कर्मचारी तिन तहमा समायोजन भएको अवस्थामा प्रदेशहरुमा प्रदेशले कर्मचारी सम्बन्धि ऐन जारी गर्न नसक्दा प्रदेश र स्थानीय तहमा समायोज भएका कर्मचारी समेत थप मर्कामा परेका छन । राष्ट्रसेवक कर्मचारीहरुका सम्बन्धमा समेत प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका पुर्व प्रधानमन्त्री ज्युलाई सुझाव दिदै लुम्बिनी प्रदेशको प्रदेश ऐनका बारेमा समेत जानकारी गराइएको नेपाल निजामती कर्मचारी संगठन लुम्बीनी प्रदेश सचिव जयराम खड्काले जानकारी दिनुभयो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation