संगठनको महाधिवेशनमा कुशल संगठकहरुको साझा जित भएको : अध्यक्ष दाहाल

नेपाल निजामती कर्मचारी सगठनका अध्यक्ष भवानी दाहालले महाधिवेशनमा सबै सगठकहरुको साझा जित भएको बताउनु भएको छ । सहमतिको माध्यमबाट सम्पन्न महाधिवेशनले सबैलाई जितको भवना बिकास गराएको बताउनु भएको छ । सगठनको महाधिवेशनमा भएका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।  साथै उहाले सुधारिएको ट्रेड युनियन अभियान संचालन गरि ट्रेड युनियन लाई सङ्लो बनाउदै लैजाने बताउनु भएको छ । पत्रकार भेटघाट कार्यक्रमको संचालन महासचिव आरसी अधिकारीले संचालन गर्नुभएको थियो ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation