निजामती कर्मचारी संगठनले पत्रकार सम्मेलन गर्दै महाधिवेशनका निणर्यहरु सार्वजनिक गरिने

नेपाल निजामती कर्मचारी संगठनले फागुन ६ गते मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । मगंलबार बिहान ८ बजे पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचरी संगठनका नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभएको छ । साथै उहाँले उपस्थितिका लागि सम्पुर्ण सञ्चारकर्मी ज्यूहरुलाई अनुरोध समेत गर्नुभएको छ मंगलबार बिहान ड बजे नयाँ बानेश्वर स्थित इन्द्रेणी स्वीट होटलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको जनाइएको छ । नेपाल निजामती कर्मचारी संगठनले भर्खरै आफ्नो १२औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ महाधिवेशनबाट भवानी दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनभएको छ । सगंठनको सम्पन्न महाधिवेशनले भवानी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र प्रभास शाह रहनुभएको छ । उपाध्यक्षहरुमा युवाचन्द घिमिरे विष्णु अर्याल कृष्ण केसी विजया लक्ष्मि सुवेदी रहनुभएको छ त्यसैगरि प्रदेश इन्चार्जहरुमा कोशी प्रदेश इन्चार्जमा धुव्र ब कार्की मधेश प्रदेश नौंतम पोख्रेल बागमती प्रदेश पुरूषोतम रायमाझी गण्डकी प्रदेश भरत भुषाल लुम्बिनी प्रदेश कविसिंह कठायत कर्णाली प्रदेश तुलाराम गिरी सुदुरपश्चिम प्रदेश प्रकाश ब खड्का र उपत्यका विशेष प्रदेशको इन्चार्जमा गणेश प्रसाद आचार्य रहनुभएको छ । संगठनको महासचिवमा रामचन्द अधिकारी रहनुभएको छ । उपमहासचिवहरुमा वामदेव वली सुर्यबहादुर कुवर
कमला दाहाल रहनुभएको छ साथै सचिवहरुमा गोविन्द अधिकारी राजबहादुर पछाई टिपी भण्डारी ओम कठायत देवि पराजुली र कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित हुनुभएको छ । संगठनको कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित हुनुभएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation