
नेपाल निजामती कर्मचारी संगठनको १२औं राष्ट्रिय महाधिवेशनबाट भवानी दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनभएको छ । सगंठनको सम्पन्न महाधिवेशनले भवानी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र प्रभास शाह रहनुभएको छ । उपाध्यक्षहरुमा युवाचन्द घिमिरे विष्णु अर्याल कृष्ण केसी विजया लक्ष्मि सुवेदी रहनुभएको छ त्यसैगरि प्रदेश इन्चार्जहरुमा कोशी प्रदेश इन्चार्जमा धुव्र ब कार्की मधेश प्रदेश नौंतम पोख्रेल बागमती प्रदेश पुरूषोतम रायमाझी गण्डकी प्रदेश भरत भुषाल लुम्बिनी प्रदेश कविसिंह कठायत कर्णाली प्रदेश तुलाराम गिरी सुदुरपश्चिम प्रदेश प्रकाश ब खड्का र उपत्यका विशेष प्रदेशको इन्चार्जमा गणेश प्रसाद आचार्य रहनुभएको छ । संगठनको महासचिवमा रामचन्द अधिकारी रहनुभएको छ । उपमहासचिवहरुमा वामदेव वली सुर्यबहादुर कुवर कमला दाहाल रहनुभएको छ साथै सचिवहरुमा गोविन्द अधिकारी राजबहादुर पछाई टिपी भण्डारी ओम कठायत देवि पराजुली र कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित हुनुभएको छ । संगठनको कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित हुनुभएको छ ।