सार्वजनिक प्रशासनका विश्लेषक तथा लेखक चौलागाई कर्मचारी संगठन बाँकेको अध्यक्षमा निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन बाँकेको ११ औं जिल्ला अधिवेशनबाट सार्वजनिक प्रशासनका विश्लेषक तथा लेखक देविलाल चौलागाइको अध्यक्षतामा जिल्ला कार्यसमिती चयन भएको छ । पुनः अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष चौलागाइले जिल्ला अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संगठन सदस्यहरुका साथै शुभेच्छुक एवं अग्रज सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्चालनमा एक सन्देश लेख्दै अध्यक्ष चौलागाइले यो जिम्मेवारीले पहिलो कार्यकालमा गरेका कार्यहरू जसले संगठनलाई अब्बल, उत्कृष्ट र आम कर्मचारीहरुको साझा थलोको रूपमा स्थापित गर्ने काम गर्‍यो यी सबै कार्यहरूको अनुमोदन र त्यसलाई निरन्तरता दिने आम कर्मचारी र संगठन सदस्यहरुको भावना, चाहना र शुभेच्छा हो भन्ने बुझेको बताउदै यो विश्वास, भरोसा र अपेक्षाका निमित्त सबै प्रति आभार व्यक्त गर्दै धन्यावाद दिनुभएको छ । चौलागाई यसअघि पनि जिल्ला कार्यसमिती बाकेको अध्यक्ष रहनुभएको थियो । प्रदेश कार्यसमितीको र केन्द्रिय कार्यसमितीको समेत नेतृत्व गर्ने क्षमता भएका चौलागाई लुम्बिनी प्रदेशका बौद्धिक एवम क्षमतावान जिल्ला अध्यक्षको रुपमा परिचित हुनुहुन्छ । अध्यक्ष चौलागाई सार्वजनिक प्रशासनलाई गहिरोगरि अध्ययन र विश्लेषण गर्न सक्ने लेखक समेत हो । उहाँको राजनीती र प्रशासनको विश्लेषण गरिएको एउटा पुस्तक समेत प्रकाशन भएको छ भने थुप्रै लेख रचनाहरु पत्रपत्रीकामा प्रकाशित भएका छन ।
साथै नेपाल निजामती कर्मचारी संगठनले माघ ३० गते र फागुन १ गतेको लागि केन्द्रिय महाधिवेशनको मिती तय गरेको छ । महाधिवेशनको तयारीस्वरुप मााघ १६ गते सम्म जिल्ला तथा विभागिय अधिवेशन सम्पन्न गर्ने र माघ २० गते सातै प्रदेशमा प्रदेश अधिवेन गर्ने तयारी गरिएको नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation