नेपाल निजामती कर्मचारी संगठनले माघ १२ गते एकैपटक ३० वटा जिल्लाको अधिवेशन गरि ईतिहास कायम गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले शनिवार एकैदिन ३० वटा जिल्ला विभागीय कार्यसमितीको अधिवेशन सम्पन्न गरेको हो । २०८१ माघ १२ गतेअधिवेशन हुने जिल्ला कार्य समितिहरुमा संखुवासभा धनकुटा,उदयपुर,मोरगं,झापा,सिराहा,सिन्धुली,मकवानपुर,धादिङ, चितवन,गोरखा,कास्की,पाल्पा,अर्घाखाची,दाङ,बाँके,रुकुम पुर्व,सल्यान,रुकुम पश्चिम,जाजरकोट,सुर्खेत,दैलेख कालीकोट,हुम्ला,बझाङ,अछाम,बाजुरा,वैतडी,कैलाली र कन्चनपुर लगाएतका जिल्लामा अधिवेशन आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव आर.सी अधिकारीले जानकारी दिनुभयो । साथै नेपाल निजामती कर्मचारी संगठनले माघ ३० गते र फागुन १ गतेको लागि केन्द्रिय महाधिवेशनको मिती तय गरेको छ । महाधिवेशनको तयारीस्वरुप मााघ १६ गते सम्म जिल्ला तथा विभागिय अधिवेशन सम्पन्न गर्ने र माघ २० गते सातै प्रदेशमा प्रदेश अधिवेन गर्ने तयारी गरिएको नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो । मुलत जिल्ला अधिवेशनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यकालको लागि नीति तथा कार्य योजना तय गर्ने छ । साथै जिल्ला अधिवेशनले स्थानीयस्तरका समस्याको पहिचान र माथिल्ला कार्य समितिमा पेश गर्नु पर्ने सुझाव तथा निर्णय हुनुपर्ने विषयको बारेमा निर्णय गर्ने छ । साथै जिल्ला तथा विभागिय कार्य समितीले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नुका साथै केन्द्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको समेत चयन गर्ने छ । अधिवेशनको तयारीका लागि सबैभन्दा पहिले गर्न गुल्मी सफल भएको थियो भने तनहु र कपिलवस्तुले पनि सुरुमै अधिवेशन गर्न सफल भएका छन ।