लोकसेवा आयोग केन्द्रिय कार्यालयले आ।व। २०८०र०८१ विज्ञापन नं १६६९५(१६७०१ को लिखित परिक्षाको नतिजा हालै सार्वजनिक गरेको छ। कार्तिक चौविस देखी मंसिर सोह्रसम्म सूचना प्रविधि सीप परिक्षण, सामूहिक परिक्षण र अन्तर्वाताका कार्यक्रमहरु तय गरिएको छ।ठुलो प्रतिस्पर्धावाट लिखित परिक्षामा छनौट भई आउनुभएका तमाम साथीहरुमा यस विषयमा जिज्ञासा उठ्नु स्वभाविक हो।यसै सन्दर्भमा म पनि भर्खरै आ।ब। द्दण्ठढरडण् को विज्ञापनमा लोकसेवा आयोगवाट सिफारिस भएकोले केही मेरा अनुभव सहितका धारणाहरु यस लेखमा प्रस्तुत गर्न गइरहेको छु। सूचना प्रविधि सीप परिक्षण, सामूहिक परिक्षण र अन्तर्वाता प्रतिस्पर्धाको अन्तिम र महत्वपूर्ण चरण हो।एक नम्वरकै फरकमा करिव दश जना प्रतिस्पर्धीहरु सिफारिस हुन सक्ने हुँदा यस चरणको परिक्षाले प्रतिस्पर्धामा ठुलो अर्थ लाग्न सक्छ।तर यसलाई हाउगुजीको रुपमा लिन भने आवश्यकता छैन। परिक्षाका तीन चरण क्रमश सामान्य ज्ञान तथा बौदिक परिक्षण, लिखित परिक्षा र सूचना प्रविधि सीप परिक्षण, सामूहिक परिक्षण र अन्तर्वातामा आफ्नो अब्बलतालाई पहिल्याई रणनीति बनाउनु उपयुक्त हुन्छ।मुख्यत यस चरणका लागि यसको पाठ्यक्रम र अंकभारलाई राम्रो संग ध्यान दिई आफ्नो तयारी अंगाडी बढाउनु पर्ने हुन्छ।सामूहिक परिक्षण र अन्तरवार्ताको तुलनामा सुचना प्रविधि सीप परीक्षणलाई वढी समय दिनु पर्ने हुन्छ।सूचना प्रविधी सीप परिक्षण भित्र सूरुको केही दिन टाइपिङमा बढी समय दिदा उपयुक्त हुन्छ भने टाइपिङले केही स्तर लिईसकेपछी टाईपिङ र सेटिङलाई लगभग बराबर समय दिएर अगाडी बढ्दा अंकभारको सन्तुलित तयारी हुने देखिन्छ।परिक्षाको समयमा यस चरणमा ख्याल गर्नुपर्ने अर्का महत्वपूर्ण पक्ष समय व्यवस्थापन हो।खास गरी सेटिङमा कुनै प्रश्नमा धेरै समय लिइयो भने बाँकी प्रश्न छुट्ने सम्भावना अधिक हुने गर्छ, यसको व्यवस्थापन निकै महत्वपूर्ण पक्ष हो।हतारमा प्रश्न पुरै नपढ्ने, कुनै प्रश्नको खण्ड छुटाउने जस्ता समस्या पनि देखिने गरेका छन।अघिल्लो वर्ष सम्म लोकसेवा आयोग केन्द्रिय कार्यालयमा खास गरि कीबोर्ड स्मुथ नहुने समस्या केही कम्प्युटरमा रहेको थियो।यदि त्यस्तो भयो भने सोही अनुसार आफुलाई व्वस्थापन गर्नु पर्छ।कम्प्यूटर तथा किबोर्डमा साह्रै नै समस्या देखिए परिक्षा सुरु हुनु अगाबै सम्बन्धित निरिक्षक संग विषयको जानकारी गराउनु पर्दछ।अगाडी तिरका प्रश्न नराम्रो भए पनि अन्तिम सम्म निराश हुनु पर्दैन पछाडी आउने प्रश्नहरु सजिला वा तपाईले जानेका पनि हुन सक्छन।सुचना प्रविधि सीप परीक्षणको लागि कुनै एउटा कोचिङ सेन्टरमा गई पढ्ने र सिनियर संग परामर्श लिदा राम्रो हुने देखिन्छ।साथै प्रश्न सेटको अधिक अभ्यास गर्नुपर्ने हुन्छ।यस चरणमा तपाईहरु प्रत्येक काम गराई पछी अनिवार्य आफ्नो उत्तर सेभ गर्नुपर्ने हुन्छ।
सामुहिक सीप परिक्षण मुख्यगरी समुहमा व्यक्तिको व्यक्तिगत तर्क प्रस्तुत गर्ने, अन्य व्यक्तिलाई सुन्ने अनि सामुहिक निष्कर्ष पेश गर्ने र सो कार्यमा व्यक्तिको तथा समग्र समुहकै मुल्याङकन हुने चरण हो।यसमा एक जना लोकसेवा आयोगको सदस्यका साथै साइकोलोजिस्टवाट प्रस्तुतिको मुल्याङकन गरिन्छ।त्यसैले यस चरणमा व्यक्तिगत रुपमा राम्रो प्रस्तुति दिने भन्दा समुहकै राम्रो प्रस्तुतिमा ध्यान दिनु पर्दछ।एक्कासी नयाँ विषयवस्तु उपर करिव पच्चीस मिनेट आफ्नो धारणा राख्नुपर्ने हुँदा सुरुवात र निस्कर्षमा प्रस्तुतिकरण अब्बल भएको समुहको साथीलाई जिम्मा दिँदा उपयुक्त हुन्छ।यसमा मुख्यत समुहकार्यमा कसरी कार्य गर्ने भन्रे विषय प्रमुख भएकाले दिइएको विषय जटिल भएपनि प्रस्तुतिकरणले सहज गराउन सकिन्छ।यस चरणमा उठाइने विषय लिखित पाठ्यक्रम संग सम्वन्धित हुने हुँदा सोहि अनुसार विषयवस्तुको बुझाईमा ध्यान दिनुपर्दछ केही विषय चाँही समसामयिक खालको पनि पर्न सक्छन जस्तै सहकारी समस्या।यस चरणको पनि अन्तिम चरण अन्तर्वाता हो । करिब बीस देखी तीस मीनेट सम्म तीन देखी चार जना लोकसेवा आयोगका पदाधिकारिका साथै विज्ञ सदस्यवाट परिक्षार्थीको ज्ञान र आचरणको मुल्याङकन गरिन्छ।यस चरणमा परिक्षार्थीले आफुलाई सरल देखिने निजामति वा अन्य औपचारिक पोशाकमा प्रस्तुत हुनु पर्दछ।सुरुवाति चरणमा आफ्नो परिचय मागिने हुँदा नाम ठेगाना, शैक्षिक उपाधि र पेशागत जिवनको संक्षिप्त जानकारी गराउँनु पर्दछ।प्रश्न आउन सक्छन भन्ने डरमा आफ्नो योग्यताको विवरण लुकाउनु राम्रो हुँदैन।यस चरणमा धेरै भन्दा धेरै विषयहरु उठान गरि प्रश्न गरिने हुँदा जानेको विषय वस्तु सरल शैलिमा प्रस्तुत गर्नुका साथै विषय वस्तुको जानकारी नभएको विषय उठान भएमा नहडबढाई डिलिङ गर्नु पर्दछ यस खालको परिबेशमा तपाईको आचरण वा मनोबृतिको मुल्याङकन भएको हुन्छ।यसले जटिल परिस्थिति संग तपाईको प्रतिक्रियाको मुल्याङकन गरिएको हुन्छ।केही विषय नजानेका पनि उठान हुन सक्छन सकेसम्म अनुमानका आधारमा प्रस्तुत हुनु हँदैन।विषयवस्तु लिखित परिक्षाको तयारी गर्दा जे विषय पढिएको थियो त्यसैको संक्षिप्त ज्ञान राख्नु पर्दछ।सामुहिक सीप परिक्षण र अन्तर्वातामा मुख्य गरि विषयको ज्ञान, तार्किक क्षमता र आचरण मनोवृतिको वरिपरि रहि मुल्याङकन हुने हुँदा सोही अनुसार आफुलाई तयार गर्नु पर्दछ।