संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नयाँ शाखा अिधकृतलाइ पदस्थापन गरको छ । हाल १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् । भदौको १३ गते १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले ३८ ब्याटका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त शाखा अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि १३ भदौमा दीक्षान्त समारोह गरेको थियो । उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।