लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गर्नुभएको हो । गत भदौ ६ गते बसेको प्रदेश सभाको २७औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाउने निर्णय गरेको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर आज बैठकमा पेस गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले छलफलपछि प्रतिवेदन सहितको विधेयक सभामा पेस गरिएको हो । कर्मचारीका विभिन्न समुहको फरक फरक दवाब र केहि स्वार्थसमुहको प्रभावले कानुन कहिले र कस्तो बन्छ भन्ने बिषयलाई निकै महत्वका साथ हेरिएको छ । लामो समय सम्म सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य सुविधाहरुबाट समेत बन्चित भएका छन । बर्षौ देखि एउटै स्थानीय तहमा काम गर्दा स्थानीय तहका कर्मचारीहरुमा निराशा छाएको छ । स्थानीय सेवा ऐन जारी भएमा लामो समयदेखि रोकिएको सरुवा बढुवा लगाएतका बिषयले गति लिने र कर्मचारीको काम गर्ने मनोबलमा योगदान पु्र्याउने विश्वास लिइएको छ । बागमती गण्डकी लगाएतका अन्य प्रदेशमा स्थानीय सेवा ऐन जारी भएपछि कर्मचारीको खटनपटनमा सहजता आएको छ भने लुम्बिनी प्रदेशमा स्थानीय सेवा ऐन आउन नसक्दा यो प्रक्रिया सुरु नै हुन सकेको छैन । लामो समयदेखी आउने नसकेको ऐन आउनेमा स्थानीय तहका कर्मचारीहरु आशाबादी देखिएका छन ।