लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा असोज ४ गतेभित्र अनलाई माध्यमबाट आबेदन दिन अनुरोध गरेको छ । यस अघि निवेदन दिएका लेखाका कर्मचारीहरुले पनि यो सुचना जारी भएपछि पुन अनलाई माध्यमबाट आवेदन दिन अनुरोध गरिएको छ । एक सुचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयले लेखा समुहका कर्मचारीहरुको सरुवा सम्बन्धी मापदण्ड जारी गर्दै सोहि मापदण्ड बमोजिम आवेदन दिन अनुरोध गरेको छ । लेखाका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड समेत सार्वजनिक गरि सरुवा हुन चाहाने कर्मचारीले असोज ४ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।