शिक्षा मन्त्रालयद्वारा पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार भाद्र मसान्त सम्म सुझाव दिन सकिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा प्रारूपको मस्यौदा तयार पारेको छ । विद्यालय तहका बालबालिकाहरुलाई दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने दृष्टिले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार पारिएको हो । यसलाई थप परिष्कृत गरि कार्यान्वयनमा लैजानका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भाद्र मसान्त सम्म सुझाव दिन सबैमा अनुरोध गरेको छ । नीति तरिकाका साथै कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बिषयमा सुझाव माग गरिएको मन्त्रालयले जनाएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation