पोखराको जग्गा बिवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईको सामुहिक पहल

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटट्राईले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १७ अन्तरगर्त लामातहरामा लामो समय देखि हाल साविक हुन नसकेको जग्गा सम्वन्धी समस्याको समाधानका लागि सरोकारवालासंग सामुहिक छलफल गरेर गरी तत्काल समस्या समाधान गरी गर्न निर्देशन दिनु भएको छ ।
साविक नक्साको त्रुटीका कारण आफुले खरिद गरेको जग्गा हालसाविक गरी दर्ता गर्न नपाउदा ३५० भन्दा बढि घरधुरीले आफनो जग्गा खरिद बिक्रि गर्न, बैंकमा धितो राख्न समस्या भएको स्थानीयले मन्त्री समक्ष गुनासो राखेका थिए । गुनासो सुनेपछि १३२ रोपनी ५ आना जग्गाको समस्या समाधानका लागि सरोकारवालासंग सामुहिक छलफल गरेर तत्काल समस्या समाधान गर्न मन्त्रीद्रयले निर्देशन दिनु भयो ।
भूमि ब्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक कृष्णाप्रसाद सापकोटा, नापी बिभागका महानिर्देशक प्रकाश जोशी, जिल्ला मालपोत र नापी कार्यालय कास्कीका प्रमुख ज्युहरु, स्थानीयवासीहरु र सरोकारवालाहरुसहित बसेको सामुहिक बैठकले बिभिन्न बिकल्प माथी छलफल गदैं ऐन, कानुन र प्रावधानमा टेकेर निकास निकाल्न सहमत भएका हुन् ।
छलफल कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले बिगत लामो समय देखि हाल साविक हुन नसकेको, आफुले लामो समय देखि जोतभोग गरेको जग्गाको लालपुर्जा प्राप्त नभएकोजस्ता भूमिसम्वन्धी समस्या समाधानका मन्त्रालयले कानुनी र संस्थागत प्रवन्ध गरी कार्यलाई तिव्रता दिएको बताउनु भयो । भूमि समस्या समाधान गर्न निकट भविश्यमो भूमि समस्या समाधान आयोग गठन गरी आयोगले देशभरकै भूमिहिन सुकुम्वासीको समस्या स्थायीरुपमा समाधान गर्ने मन्त्री अधिकारीको भनाई छ । त्यसै गरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटट्राईले नागरिकलाई अन्याय गर्ने हक राज्यलाई नहुने भन्दैं ऐन कानुनमा भएको अस्पष्टता र कानुनी जटीलता हटाएर तत्काल समस्या समाधान गर्न आग्रह गर्नु भयो ।
सोहि कार्यक्रममा भूमि ब्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक र नापी बिभागका महानिर्देशकले पोखरामा देखिएको हाल साविकको समस्या देशका अन्य भुभागमा समेत रहेको र मन्त्री ज्युहरुको निर्देशन बमोजिम स्थानीय सरोकारवालाहरुसंग छलफल गरी तत्काल समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । यो समस्याको निरुपण हुने भएपछि बषौं देखि लालपुर्जाको स्वामित्व महसुस गर्न नसकेका पोखरा महानगरपालिका वडा नं १७ लामतहराका स्थानीयहरु हर्षित भएका छन् ।

पोखराको जग्गा बिवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईको सामुहिक पहल ।।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation