नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संगठनको केन्द्रिय कार्यक्रम अनुशार शनिवार कपिलवस्तुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा ध्यान तथा योग शिविर समेत सम्पन्न भएको थियो । बरिष्ठ प्रशिक्षक पोम नारायण पौडेलले योग र ध्यानका महत्वका बारेमा प्रशिक्षण गर्नुभएको थियो । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष रेवन्त गौतमले संगठनको इतिहास र वर्तमान बिषयमा उपमहासचिव रामचन्द्र अधिकारीले निजामती सेवा ऐन र संघ प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सचिवालय सदस्य कविसिहं कठाएतले नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो । संगठनका उच्च पादाधिकारी योग गुरुका साथै निजामती सेवाका उच्च प्रशासकहरुले समेत कर्मचारीको सेवकिय आचरण लगाएतका विभिन्न बिषयमा प्रशिक्षण गर्नुभएको संगठन कपिलवस्तुले जनाएको छ । कार्यक्रममा संगठनका प्रदेश इन्चार्ज दधिराम मरासीनी पार्टी जिल्ला सचिव सिवि गहतराज केन्द्रिय सचिवालय सदस्य दिपक शर्मा पौडेल केशवरजा भट्राई लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमको अध्यक्षता र पेशागत महासंका अध्यक्ष बावुराम शर्माको स्वागत र दिपक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमा विभिन्न सास्कृतक कार्यक्रम समेत प्रस्तुत भएको थियो ।