नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमितीको आयोजनामा प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ । जेठ १९ गते शनिबार बिहान ८ बजे होटल सिद्धार्थ लमहीमा कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य नविन पन्थीले जानकारी दिनुभयो । साथै उहाँले कार्यक्रममा सहभागी हुन सम्पुर्ण युनियनकर्मी कर्मचारी सँगै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई अनुरोध गर्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनले राष्ट्रसेवककर्मचारीहरुको पेशागत हक अधिकार प्राप्तीका लागि विभिन्न अभियान सञ्चालन गर्नुका साथै विभिन्न रचनात्मक क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation