पेशागत महांसघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितीको एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सिद्धार्थ क्याम्पस कपिलवस्तुको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक प्रशिक्षण तालिममा लुम्बिनी प्रदेशका बाह्रवटै जिल्लाका पेशागत महांसघ नेपालमा आबद्ध विभिन्न घटक निकट पेशाकर्मीहरुको सहभागिता रहेको थियो । तिन सय भन्दा बढि पेशाकर्मीहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको पेशागत महांसघ नेपालले जनाएको छ । पेशागत महांसघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पेशागत महासघं नेपालका केन्द्रिय अध्यक्ष पुण्य प्रसाद ढलाका महासचिव केदार प्रसाद देवकोटा उप महासचिव लक्ष्मण बजगाई लगाएतको आतिथ्यता रहेको थियो । साथै प्रशिक्षण कार्यक्रममा पेशाकर्मीको अधिकारका साथै काम र कर्तव्यका बारेमा समेत अन्तक्रिया भएको थियो । पेशागत महांसघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितीका महासचिव नेत्र प्रसाद पोख्रेलका सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कपिलवस्तुका जिल्ला अध्यक्ष बावुरा शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।