
नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङको बिस्तारित बैठकले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो । यसैसन्दर्भमा पुस १५ गते आइतबार तुलसीपुरमा पालिकास्तरीय फुटसल प्रतियोगिता सम्पन्न गर्ने भएको छ । त्यसैगरी महिला कर्मचारीहरुको बिचमा कुर्सी दौड प्रतियोगिता आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङका अध्यक्ष शेर बहादुर केशीले जानकारी दिनुभयो । यसैबीच उक्त प्रतियोगितामा सहभागी हुनका लागि पौष १३ गतेसम्म नाम दर्ता गरिसक्न संगठन दाङले अनुरोध गरेको अध्यक्ष केशिले जानकारी दिनुभयो ।